समाचार

वातावरण दिवसको अवसरमा विविध कार्यक्रम

मकवानपुर । ५१ औं विश्व वातावरण दिवसको अवसरमा आज हेटौंडामा सार्वजनिक सवारी साधनमा वातावरण सन्देश मुलक स्टिकर टाँस्ने, डस्विन वितरण र बृहत रक्तदान कार्यक्रम गरिएको छ । दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाले आयोजना गरेको साताव्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन उक्त कार्यक्रम गरेको हो ।...

मकवानपुरमा जेष्ठ २२ गते खुल्ला वक्तित्वकला प्रतियोगिता हुने

मकवानपुर । मकवानपुर यही जेष्ठ २२ गते “युवा र नवप्रबतन’’ शिर्षकमा जिल्लास्तरीय खुल्ला वक्तित्वकला प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता जिल्ला युवा समिति मकवानपुरको आयोजनामा हेटौंडा–४ रोयल पार्टी प्यालेसको सभालमा हुने भएको हो । युवाहरुमा भएको नवप्रतिभालाई उर्जागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला युवा समिति...

बुधबार ३८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ । बजेट घोषणायता शेयरबजारमा उच्च अंकको गिरावट आउन थालेको छ । यसअघि मंगलबार नेप्से परिसूचक ५३ अंकले घटेर १८८८...

सुनको सिक्री लुटेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका–१ देवीटार बस्ने ३० वर्षीय पाण्डे भन्ने विष्णु तामाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, तामाङले काठमाडौं –३२ पेप्सीकोला...

बागमती प्रदेश सभा बैठकबाट संकल्प प्रस्ताव स्वीकृत

मकवानपुर । बागमती प्रदेश सभाको बैठकबाट एउटा संकल्प प्रस्ताव स्वीकृत भएको छ । प्रदेश सभाको बुधबार अपराह्न बसेको बैठकले नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा पौडेलले भारतले नेपालको लुम्बिनी र कपिलवस्तु लगायतका नेपालका भू–भाग समेटेर आफ्नो संसद्...

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ८ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन गर्ने उनीहरुलाई आज अपराह्न नियन्त्रणमा लिएको हो । राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौेडेलले बुधबार बिहान उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले जेष्ठ १२ गते राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसार...

अस्पतालको शौचालयमा युवकको शव फेला

विराटनगर । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवकको शव फेला परेको छ । मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार, ती पुरुष आज बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्रीलाई

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार दिउँसो चार दिने भारत भ्रमणमा गएसँगै उक्त पदको जिम्मेवारी खड्काले पाएका हुन् । प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ...

हेटौंडा एकेडेमीले भन्योः शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको उपचार खर्च व्यहोर्छौँ

मकवानपुर । हेटौंडा एकेडेमीले  शिक्षकको निर्मम कुटपिटबाट घाइते भएका विद्यार्थीको उपचार खर्च व्यहोर्ने जनाएको छ । विद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै घाइते विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाएको हो । विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचिएको घटना स्वीकार गर्दै घटनामा संलग्न शिक्षकलाई...