समाचार

कुलेखानी जलविद्युत् आयोजना नै विद्युत् महशुल नतिर्नेको कालोसूचीमा

मकवानपुर । कुलेखानी जलविद्युत् आयोजना विद्युत् महशुल नतिर्नेको कालोसूचीमा परेको छ । पटक–पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले सार्वजनिक गरेको वितरण अनुसार, कुलेखानी जलविद्युत आयोजना पनि कालोसूचीमा परेको हो । कुलेखानी आयोजनाले प्राधिकरणलाई कूल १ लाख ९ हजार ६...

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । जसअनुसार अदालतले उनीहरुलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । नक्कली शरणार्थी प्रकरणमा...

हेटौंडाका ६७ उद्योगसहित विद्युत् महशुल नतिर्ने ग्राहकहरु कालोसूचीमा

मकवानपुर । नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले पटक–पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ । केन्द्रका अनुसार, कालोसूचीमा पर्नेमा ग्राहथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्यौगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेको केन्द्रका इञ्जिनियर सन्तोष...

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो । शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका...

दोस्रो प्रदेश खेलकुद प्रतियोगिता : २०० मिटरमा मकवानपुर सफल

मकवानपुर । दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत मंगलबार भएको एथलेटिक्स दुई मिटर दौडमा मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित पिप्ले–क्याम्पा रंगशालामा २०० मिटरको प्रतिस्पर्धामा मकवानपुरका स्प्रिन्टरद्वय गोपालीले महिलामा र सापकोटाले  पुरुषमा स्वर्ण जितेका हुन् । उक्त दुरी पूरा गर्न दिनाले २९.३७ सेकेन्ड र जिकेशले...

बागमती प्रदेश सभाको अर्को बैठक भोलि बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक भोलि बुधबारसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाको सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक भोलि जेष्ठ १० गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी गराएका हुन् । आज बसेको प्रदेश सभा बैठकमा सभामुख पाठकले प्रमाणीकरण सम्बन्धी पत्र विधेयक फिर्ता...

बागमती प्रदेश सभा बैठक : विनियोजित विधेयकको प्रतिवेदन प्रस्तुत

मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको दोस्रो कार्यकालको १२ औं बैठकमा विनियोजन विधेयक २०८० को सिद्दान्त र प्राथमिकताको सम्बन्धमा प्रतिवेदन प्रस्तुत भएको छ । बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले प्रदेश सरकारको तर्फबाट प्रस्तुत हुने उक्त विधेयक प्रतिवेदन प्रस्तुत गरेका हुन् । उक्त...

५१ अंकले बढ्यो नेप्से, २ अर्ब २० करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोकारको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । लामो समयसम्म १८ सयको विन्दुमा कायम रहेको नेप्से सूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा पुगेको छ । शेयर बजारमा एकाएक उछाल आएसँगै आज कारोबार रकम समेत बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीको...

प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पायो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकारको गठन भएको ५ महिनामा प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । गत पुस १० मा एमाले, रास्वपा, राप्रपासहितका दलको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डलाई राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएसँगै कांग्रेसले थमौती दियो । एमालेले प्रचण्ड...

स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारु रहेका छन् । अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने...