बागमती प्रदेश सभा : आज नीति तथा कार्यक्रम पारित गरिने
मकवानपुर । बागमती प्रदेश सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान १०ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
गत जेष्ठ १७ गतेबाट सञ्चालन भएको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । उक्त बैठकहरूमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएका थिए ।
बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले गत जेष्ठ १४ गते बसेको प्रदेश सभामा प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।