समाचार

वैशाख महिनामा भित्रियो ५०३ विद्युतीय सवारी

काठमाडौं । चालू आर्थिक वर्षको वैशाख महिनामा ५०३ वटा विद्युतीय सवारी भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा १०० किलोवाट क्षमताका ५०३ वटा विद्युतीय सवारी भित्रिएका हुन् । सो अवधिमा विदेशबाट १०० किलोवाटका २८ सय ८२ वटा विद्युतीय सवारी भित्रिएका छन् । चैत्र महिनासम्मको अवधिमा १०० किलोवाट क्षमताका...

सोमबार सुनको मूल्य स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम...

बझाङको हिउँ पहिरोमा बेपत्ता भएका २ जनाको शव फेला

बझाङ । बझाङमा गएको हिउँ पहिरोमा परेर बेपत्ता भएका २ जनाको शव फेला परेको छ । आइतबार माथिबाट आएको हिउँ पहिरोमा परी यार्सा सङ्कलन गर्न गएका क्रममा बेपत्ता भएका जय पृथ्वी नगरपालिका–११ घर भएका वर्ष १८ को रमिता धामी र वर्ष १४ को जामती धामीको आज शव फेला परेको...

बलात्कार अभियोगपछि फरार भएका शिक्षक प्रहरीको नियन्त्रणमा

दाङ । दाङमा आफूले पढाउने स्कुलकी छात्रामाथि बलात्कार गरेको अभियोगपछि फरार भएका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कार अभियोगमा शान्तिनगर गाउँपालिका– ७ घर भई स्थानीय शिवशक्ति मावि धनौरीमा पढाउँदै आएका ३५ वर्षीय शिक्षक खुमानन्द पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । पौडेलमाथि चैत्र २० गते बेलुकी सोही स्कुलको...

माओवादीले बनायो ‘रिटर्नी सेन्टर नेपाल’ नामको छुट्टै भातृ संगठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई समेट्न ‘रिटर्नी सेन्टर नेपाल’ नामको छुट्टै भातृ संगठन बनाएको छ । योसँगै माओवादी केन्द्रको भातृ संगठनहरुको संख्या २४ पुगेको छ । हाल देवेन्द्र सम्बाहाम्फेको संयोजकत्वमा ५१ सदस्यीय ‘रिटर्नी सेन्टर नेपाल’ राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ । भेला सम्पन्न...

घाटी रेटि युवकको हत्या

जनकपुरधाम । सप्तरीमा एक जना युवकको हत्या भएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटि हत्या भएको अवस्थामा  शव फेला परेको हो । अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको...

करेन्ट लागेर एक जनाको मृत्यु

चितवन । भरतपुर-२५, शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार अपराह्न भरतपुर-२५, शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा विद्युत् कर्मचारीलाई सहयोग गर्ने एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु...

आज चट्याङसहित वर्षा र हावाहुरीसम्मको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज कोशी प्रदेश, बागमती प्रदेश र...

जापान पठाउने भन्दै साढे २ करोड ठगी, एक जना पक्राउ

विराटनगर । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख रुपियाँ भन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेको जिल्ला प्रहरी कायर्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार, उनीविरुद्ध...

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद अन्तरगतको प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्ने भएको हो । दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार...