हेटौंडामा विश्व वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले ५१ औं विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
“प्लाष्टिकजन्य प्रदूषण निमूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं” भन्ने मुल नाराका साथ जेष्ठ १६ गतेदेखि जेष्ठ २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने भएका मुल आयोजक समारोह समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन जेष्ठ १६ गते आज राप्तिखोला सरसफाई र वातावरण संरक्षण सम्बन्धि चेतना मुलक टिकटक प्रतियोगिता आयोजना गरिने छ ।
यस्तै, दोस्रो दिन अर्थात जेष्ठ १७ मा पर्यावरण संरक्षण सम्बन्धि खुल्ला कविता प्रतियोगिता र सार्वजनिक सवारी साधानमा स्टिकर टास्ने तथा डस्बिन वितरण कार्यक्रम गरिनेछ ।
त्यस्तै, तेस्रो (जेठ १८) मा वातारण संरक्षण तथा लागुपदार्थ दुव्र्यसनीविरुद्ध सडक नाटक प्रदर्शनी र ४० माईक्रोन भन्दा कमको प्लाष्टिक झोलामा लगाइएको प्रतिबन्ध सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।
त्यसैगरी, जेष्ठ १९ गते रक्तदान कार्यक्रम, बाल क्लब स्तरीय वकृत्वकला प्रतियोगिता र हेटौंडाको हुप्राचौर र राजपानीमा वृक्षारोपणको कार्यक्रम गर्ने, जेष्ठ २० गते सफा हेटौंडा अभियानअन्तरगत उमहानगरको १९ वडामा सरसफाई कार्यक्रम र वातावरण सचेतना सम्बन्धि साईकल र्याली तथा सम्मान कार्यक्रम तय गरिएको छ ।
यसैगरी, जेठ २१ छैठौँ दिनमा ‘म आफ्नै डस्टबिन बोक्छु’ अभियान अन्तर्गत नगरका विद्यालयहरु सचेतना मुलक कार्यक्रम गरिने छ भने नगर विद्यालय स्तरीय खेर गएका वस्तुहरुबाट उत्पादित सामग्रीको प्रतिस्पर्धा गराइने छ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन जष्ेठ २२ गते कपडाको झोला वितरण र उत्कृष्ट टोल विकास संस्थालाई पुरस्कृत गरेपछि बाजा तथा झाकी सहितको वातावरण सचेतना सम्बन्धिर्यालीले नगर परिक्रममा गरिनेछ । नगरपरिक्रममा गरी हेटौंडाको हुप्राचौरमा एक सहमारोहबीच सप्ताहव्यापी कार्यक्रमको समापन गरिने संयोजक अधिकारीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएका प्रतियोगिताको समापन कार्यक्रममै पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिने मुल आयोजक समारोह समितिका संयोजक अधिकारीले जानकारी दिए ।
