यस्तो रहने छ आजको मौसम

तु खबर संवाददाता
२०८० जेष्ठ १६,मंगलवार ०८:१५
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।