भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० जेष्ठ १६,मंगलवार ०९:३०

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ ।

सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।