जेष्ठ नागरिक भत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजित
काठमाडौं । सरकारले जेष्ठ नागरिक भत्ताका लागि १ खर्व ५७ अर्ब ७३ करोड बजेट बिनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा गर्दै अर्थमन्त्री डा. रामशरण महतले सरकारले मासिक ४ हजारका दरले दिँदै आएको जेष्ठ नागरिक भत्तालाई निरन्तरता दिदै सो रकम छुट्टाएको जानकारी दिए ।
यस्तै, सरकारले ६० वर्ष पूरा भएका एकल महिला, बालबालिकालाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तालाई पनि निरन्तरता दिने उनले बताए ।
