बागमती प्रदेश सभा : विनियोजित विधेयक २०८० पारित

तु खबर संवाददाता
२०८० असार २१,बिहीबार १८:४५

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पारित भएको छ ।

प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले उक्त विनियोजित विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले उक्त विधेयक पास गरिस् भनि प्रस्ताव पेस गरेका थिए ।

उक्त विनियोजित विधेयकमाथि गत असार १८ गतेदेखि छलफल सुरु भएको थियो ।