एकैदिन प्रतितोला २४०० रुपैयाँले बढ्यो सुनको भाउ

तु खबर संवाददाता
२०८० जेष्ठ १६,मंगलवार १६:०४

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ । सोमबारस्थिर रहेको सुनको मंगलबार एकासी २ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।