विश्व वातावरण दिवसको अवसरमा सरसफाई र रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०८० जेष्ठ १६,मंगलवार १७:१४

मकवानपुर । ५१ औं विश्व वातावरण दिवसको अवसरमा आज हेटौंडामा सरसफाई र रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाले आयोजना साताव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन सरसफाई र रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

दिवसको अवसरमा हेटौंडाको राप्तीनदी आसपासका क्षेत्रको सरसफाई गरिएको छ । सरसफाईमा जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, सुरक्षाकर्मी सहभागी थिए ।

यस्तै, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ को आयोजनामा मंगलबार बिहान रक्तदान कार्यक्रम भएको छ । हेटौंडा–११, नवलपुरमा भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।