हेटौंडाका खड्कासहित दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले मकवानपुरगढी गाउँपालिका–२ ठुलोदमारबाट ९ सय २० ग्राम लागूऔषध गाँजासहित सोमबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासहित दुई जना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका अर्का एक जनाको भने नाम खुलेको छैन ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो ना.६३ प ६५८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।