पर्यटन मन्त्रालयलाई ११ अर्ब ९६ करोड बजेट
काठमाडौं । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् ।
उनले पशुपतिनाथको गुरुयोजना अघि बढाइने र बुद्ध सर्किट बनाउने बताए । यस्तै, ऐतिहासिक र परात्वात्विक सम्पदाको संरक्षण गर्न बजेटको व्यवस्था गरिने उनले बताए ।
यसैगरी, नुवाकोट दरबारलगायतका २५ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने र नयाँ पर्यटकीय गन्तव्य विकास र विस्तारकाक लागि २ अर्ब १३ करोड बजेट विनियोजन भएको उनले बताए ।
