पुराना सरकारी गाडीहरु ६ महिना भित्रमै लिलामी गरिने

तु खबर संवाददाता
२०८० जेष्ठ १५, सोमबार १७:४८
file-photo

काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी निकायमा रहेका पूराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू ६ महिनाभित्र लिलाम गरिने बताए ।

यस्तै, उनले आगामी आवदेखि असोज महिनासम्म र असार महिनामा रकमान्तर नगर्ने घोषणा गरे । उनले दुर्गम र पिछडिएका क्षेत्रका आयोजनामा विनियोजन भएको रकम अन्यत्र सार्ने प्रवृत्ति समेत रोक्ने बताए ।

विकासे काममा लिएको लक्ष्य हासिल गर्न आयोजना प्रमुखलाई जिम्मेवार बनाउने र आयोजना प्रमुख आयोजना अवधिभर नफेर्ने व्यवस्था समेत गर्ने अर्थमन्त्रीले उद्घोष गरे ।