समाचार
विपदमा परेकाको उद्धार गर्ने गरी विशेष कार्यदल गठन गरिने
काठमाडौं । सरकारले विपदमा परेकाको उद्धारका लागि एकीकृत आकस्मिक सेवा प्रणाली स्थापना गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले आगलागी, दुर्घटना, डढेलो र आपराधिक क्रियाकलापबाट घाइते...
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ मा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने बताएका छन् । राष्ट्रपति पौडेलले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले सार्वजनिक सेवा प्रसारणको व्यवस्था गर्न यी दुई मिडियालाई आपसमा गाभेर एकीकृत प्रसारण सेवा सुरु गर्ने...
वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत
काठमाडौं । सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्नेलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् । यस्तै, उनले...
सरकारले तीन तहका सरकारबीचको दोहोरोपन हटाउने
काठमाडौं । सरकारले तीनै तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने भएको छ । आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले राष्ट्रिय समन्वय परिषद् लगायतलाई सक्रिय बताउने बताएका हुन् । राष्ट्रिय प्राथमिकताको काम...
सरकारले अनावश्यक कार्यालय, संघसंस्था खारेजी गर्ने
काठमाडौं । सरकारले अनावश्यक संघसंस्था, समिति, कार्यालयहरु, खारेजी गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक...
विद्युतीय खरिद प्रक्रियालाई प्राथमिकतामा राख्ने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिकतामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतीय खरिद प्रक्रियालाई प्राथमिकतामा राख्ने घोषणा गरेका हुन् । उनले भने, ‘विद्युतीय खरिद प्रक्रियालाई अनिवार्य गर्दै लगिने छ ।’ यस्तै, सबै सरकारी काममा...
सरकारको नीति तथा कार्यक्रम : प्रत्येक पालिकामा शित भण्डारण स्थापना गरिने
काठमाडौं । सरकारले प्रत्येक पालिकामा एक–एक वटा शित भण्डारण स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ का नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् । राष्ट्रपति पौडेलले कृषि उत्पादन र प्रवर्द्धनमा विशेष महत्त्व दिँदै प्रत्येक पालिकामा एक–एक वटा...
उपभोक्ता समूहद्वारा विद्यालयलाई दराज सहयोग
मकवानपुर । मनकामना सामुदायिक बन उपभोक्ता समूहले प्रतिभा प्राथमिक विद्यालयलाई एक थान स्टिल दराज सहयोग गरेको छ । मकवानपुरगढी ४ नम्बर वडा अवस्थित प्राविलाई बन उपभोक्ता समूहले शुक्रबार दराज सहयोग गरेको हो । सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष सर्कलाल लोले प्रावि अध्यक्ष धनबहादुर रुम्बा र प्रावि प्रधानाध्यापक साधुराम पुडासैनीलाई...
गठबन्धन बैठक : मधेसमा जसपा सरकारलाई निरन्तरता दिने सहमति
काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच यस्तो सहमति भएको गठबन्धन दलका नेताहरुले बताएका छन् । हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । तर, केन्द्रीय सत्ता गठबन्धनमा...
राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय सभाको बैठकले तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य बस्नेतको गत बैशाख २९ गते निधन भएको थियो । लामो...





