आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
काठमाडौं । मुलुक आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार, सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउन लागेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
