सांसदहरूको सुझावलाई समेटेर बजेट तयार पार्ने अर्थमन्त्रीको घोषणा

तु खबर संवाददाता
२०८० चैत्र ७,बुधबार १७:४०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सांसदहरूले दिएको सुझावलाई समेत समेटेर आगामी आर्थिक वर्षको बजेट तयार पार्ने घोषणा गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले दिएका सुझावको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री पुनले संविधानमा उल्लेख भए अनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि केही ठोस आधार तयार हुने किसिमको बजेट ल्याउने बताए ।

उनले पूर्व अर्थमन्त्री महतले संसद्मा प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता परिवर्तन नगरे पनि त्यसमा सांसदहरुको सुझावलाई समेटेर लैजाने प्रतिवद्धता जनाए ।