गणतन्त्र दिवसका अवसरमा ५०१ जनाले पाए आममाफी

तु खबर संवाददाता
२०८० जेष्ठ १५,सोमबार ०८:४२
file-photo

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा ५०१ जनाले आममाफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा १९ व्यक्तिलाई कैद सजाय माफी गरेका हुन् ।

आइतबार राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार रेशम चौधरी र टोपबहादुर बुढासमेतका १९ जनालाई कैद सजाय माफी दिएका हुन् ।

उक्त १९ जना व्यक्तिको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी भएको हो ।

त्यस्तै, राष्ट्रपति पौडेलले उक्त दिवसका अवसरमा ४८२ जना कैदीलाई सजाय माफी मिनाह गरेका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी ४८२ कैदीलाई सजाय माफी गरेको जानकारी दिएको हो ।