समाचार
ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गयो
सङखुवासभा । सङखुवासभाको खाँदबारी नगरपालिका–१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट शुक्रबार एक जनाको ज्यान गएको छ । ट्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार बिहान को २ त ३२१६ नम्वरको ट्याक्टरको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान...
राष्ट्रिय सभा बैठकबाट अध्यादेश स्वीकृत
काठमाडौं । राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो । यस्तै, बैठकबाट कोरोना महामारी...
प्रेस युनियन मकवानपुरको नवनिर्वाचित टिमलाई नेता बानियाँको बधाई
मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले नेपाल प्रेस युनियन मकवानपुरको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन् । शुक्रबार बिहान हेटौंडा–५, सानोपोखरा चोकस्थित कांग्रेस बागमती प्रदेशको कार्यालयमा एक कार्यक्रमबीच बानियाँले नवनिर्वाचित कार्यसमितिलाई दोसल्ला ओढाएर बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिएका हुन् । कार्यक्रममा...
ट्याक्टर दुर्घटना हुँदा तामाङको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहचालक फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ सिँवाका सन्दिप तामाङ रहेका छन् । बिहीबार राति मैवाखोला गाउँपालिका वडा नम्वर १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला...
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछ । जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा र एन्फा कम्प्लेक्स, सातदोबाटोमा एक खेल हुँदैछ । रङ्गशालामा हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लब एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुन्छ । यसैगरी दोस्रो...
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्नुअघि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । सो बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त...
अनलाइन मिडिया एशोसिएसन नेपालको अध्यक्षमा दाहाल
मकवानपुर । अनलाइन मिडियाका संचालकहरुको छाता संगठन अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) को तदर्थ कार्यसमितिको अध्यक्षमा धर्मेन्द्र दाहाल सर्वसम्मत चयन भएका छन् । बिहीबार हेटौंडामा भएको अनलाइन संचालकहरुको भेलाले दाहालको संयोजकत्वमा ११ सदस्सीय तदर्थ कार्यसमिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम, उपाध्यक्षद्वयमा सुनिता विष्ट, रुपक कालिराज,...
सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते
दाङ । दाङको देउखुरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना हुँदा...
जसपाले आज प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई मन्त्रीको नाम बुझाउने भएका छन् । वर्तमान सरकारमा दुई जना मन्त्री पाएको जसपाले शिक्षा मन्त्रीमा अशोक राईलाई पठाइसकेको छ भने अर्का एक मन्त्रीको नाम पठाउने तयारी गरेको हो । जसपाले...
नेविसंघद्वारा गणतन्त्र दिवस मनाउन ७७ वटै जिल्ला समितिलाई परिपत्र
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गणतन्त्र दिवस बनाउन ७७ जिल्ला कमिटीलाई परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार यही जेष्ठ १५ गते १६ औं गणतन्त्र दिवस मनाउन सबै जिल्ला कमिटीलाई परिपत्र गरेका हुन् । साथै नेविसंघका सम्पूर्ण मातहतका क्याम्पस समितिहरूले सम्बन्धित...









