तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा विकास गर्न कानून तर्जुमा गरिने

तु खबर संवाददाता
२०८० जेष्ठ १४,आईतवार १७:२६

मकवानपुर । बागमती प्रदेश सरकारले तामाङ र नेपाल (नेवारी) भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा विकास गर्न कानून तर्जुमा गरिने भएको छ ।

आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो जानकारी गराएका हुन् ।

प्रदेश प्रमुख शर्माले प्रदेशभित्रका जातजातिको मातृभाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण र प्रवर्धन गरिने बताए । साथै हुने संस्कृत भाषालाई प्रोत्साहन गरिने बताए ।