समाचार
विश्वकप २०२६ को लोगो सार्वजनिक
काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक गरिएको छ । विश्वकप आउँन अझै तीन वर्ष बाँकी रहँदा लोगो सार्वजनिक गरिएको हो । फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका हुन् । सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन् ।...
टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा गम्भीर घाइते
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, ठूलोखोलामा बिहीबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान १० बजेको समयमा नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२९प ५७५८ नम्वरको मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१–ख २५८४ नं को टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको...
देशभर २४ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । सो अवधिमा १ हजार ८३९ नमुनामध्ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
नेप्सेमा थप ११ लाख १५ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ११ लाख १५ हजार ७३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत...
‘विदेश अध्ययन गर्न जाने नाममा ६७ अर्ब १९ करोड बाहिरियो’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विदेश अध्ययन गर्ने जाने नाममा ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका छन् । संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०७९÷०८० को ९ महिनामा उक्त रकम बाहिरिएको बताए । सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री...
शेयर बजारमा ३२ अंकको सुधार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सुधार आएको छ । दुई दिनयता क्रमिक सुधार देखिन शेयर बजार आज ३२ अंकले बढेको छ । बुधबार २३ अंकले बढेको शेयर बजारमा आज ३२ अंकले बढेको हो । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम...
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो...
१० जना जुवाडे प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौंको बौद्धस्थित तिनचुलीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बुधबार राति १० जनालाई पक्राउ गरेको छ । प्रहरीले ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको होटलमा जुवातास खेलिरहेको भन्ने...
सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा आज छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो । भाउ घटेसँगै बिहीबार सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँमा कारबोर भएको छ । यसअघि बुधबार सुन प्रतितोला १ लाख...
‘विशेष प्रहरी हुँ’ भन्दै व्यवसायीलाई धम्क्याउने चार जना पक्राउ
चितवन । चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै व्यवसायीलाई धम्क्याउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन...










