समाचार

हेटौंडामा २३ जना नगर प्रहरी कार्यरत

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपलिकामा २३ जना नगर प्रहरी कार्यरत छन् । नगर प्रहरी निरीक्षक, हवलदार र जवान दर्जाका नगर प्रहरीहरु रहेको नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार, हेटौंडामा तीन जना महिला र २० जना पुरुष गरी २३ जना नगर प्रहरी रहेका छन् । तीमध्ये...

पुडासैनी मैत्री समाजद्वारा जिल्ला शाखासँग सुझाव संकलन सुरु

मकवानपुर । पुडासैनी मैत्री समाज केन्द्रीय समितिले विहिबार मकवानपुर शाखासँग सुझाव संकलन गरेको छ । समाजको चौथो महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समिति समाजको आगामी रणनीति तय गर्न जिल्ला शाखाहरुसँग सुझाव संकलन गर्ने क्रममा विहिबार हेटौंडा आइपुगेको हो । छलफलका क्रममा मकवानपुर अध्यक्ष बालकृष्ण पुडासैनीले समाजका गतिविधि बन्धुहरुको हितको सन्दर्भमा हुनुपर्ने...

बागमती प्रदेश : सार्वजनिक सवारीसाधनको भाडा घटाउने तयारी

मकवानपुर । बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाउने तयारी गरेको छ । नेपाल आयल निगमले डेढ महिनामा डिजेल र मट्टितेलको भाउ २० रुपैयाँले घटाएसँगै प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने तयारी गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव आस्मान तामाङले गाडीको भाडा घटाउने बारे...

शहिद स्मारक लिग : आज तीन खेल हुने

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तरगत आज तीन खेल हुने भएको छ । जसअनुसार दुई वटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान ललितपुरमा हुने भएको हो । च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो...

एकीकृत समाजवादीले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछ । माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारमात्रै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । सिंहरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान...

आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै,...

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको दोस्रो अधिवेसनको छैटों बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल–जवाफ हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । साथै, प्रधानमन्त्री...

स्थानीय तहका उम्मेदवारले मागे जरिवाना फिर्ता

काठमाडौं । गत वर्ष सम्पन्न स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउँदा कारबाहीमा परेर जरिवाना तिरेका उम्मेदवारले आफूले दाखिला गरेको राजस्व फिर्ता पाउनुपर्ने माग गरेका छन् । राजस्व दाखिला गरेका १३७ मध्ये १० जना उम्मेदवारले कानुनले समानताबीच असमान व्यवहार गर्न नहुने’ भन्दै आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...

बागमती प्रदेशमा लम्पी स्किनबाट १८ हजारभन्दा बढी गाई संक्रमित

मकवानपुर । बागमती प्रदेशमा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्न थालेको छ । पहिलो चरणमा संकलन गरिएको तथ्याङ्क अनुसार, प्रदेशमा हालसम्म १८ हजार ३२४ गाईमा उक्त संक्रमण देखिएको प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार उक्त संणमण सबैभन्दा...

मकवानपुरका मोक्तानसहित चार जना पक्राउ

बारा । बारा प्रहरीले जिल्लाको निजगढ नगरपालिका वडा नम्वर ८, उनासी पुलस्थित सडकबाट बुधबार बिहान अवैध लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब १३ केजी ५०० ग्राम लागआूेषध गाँजासहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका–८, ज्यामिरे बस्ने ३४ वर्षीय राजकुमार भने...