समाचार
भरुवा बन्दुकसहित तीन जना पक्राउ
जनकपुरधाम । महोत्तरीबाट दुई थान भरुवा बन्दुकसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर...
बोलेरोको ठक्करबाट हेटौंडाका २ वर्षीय बालकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नमुना चोकस्थित भित्री सडकखण्डमा आज बिहान बोलेरो पिक–अप गाडीले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । बोलेरोको ठक्करबाट स्थानीय २ वर्षीय बालक समर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव...
आज पनि चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि...
आज ३० औँ मदन-आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदन-आश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा आज पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रम गरी मदन-आश्रित स्मृति दिवस मनाउने भएको हो । मदनआश्रितको योगदानबारे पार्टी निकट संगठनले सबै जिल्लामा श्रद्धाञ्जली...
जापानमा भएको बस दुर्घटनामा परेर २ नेपाली विद्यार्थीको मृत्यु
काठमाडौं । जापानमा भएको बस दुर्घटनामा परेर दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा काभ्रेपलान्चोकको भुम्लु निवासी नवराज तामाङ र ओखलढंगाको चिरांखुगढी गाउँपालिका स्थायी घर भएका युवराज थापा रहेको जापानी सञ्चारमाध्यमले...
हेटौंडा अस्पताल पूर्ण रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित हेटौंडा अस्पताल पूर्ण रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आएको छ । सोमबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेसँगै हेटौंडा अस्पताल...
हेटौंडामा स्वच्छ र पौष्टिक आहारयुक्त खाद्य सामाग्री बनाउने तालिम सुरु
मकवानपुर । हेटौंडामा मंगलबारबाट घरेलु तथा रैथाने उत्पादनको प्रयोग गरी स्वच्छ र पौष्टिक आहारयुक्त खाद्य सामाग्री बनाउने तालिम सुरु भएको छ । उक्त तालिम हेटौंडा उपमहानगरपालिकाको सहकार्य र बलियो नेपालको आयोजनामा सुरु भएको हो । उक्त तालिमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले गरेकी हुन् । सो क्रममा उनले...
रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैद सजायको फैसला सदर
काठमाडौँ । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसलालाई सदर गरेकोे सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । जिल्ला अदालत कैलालीले २०७५...
घटेर आयो पेट्रोलको मूल्य
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको हो । जसअनुसार पेट्रोलको मूल्य ९.५२ पैसाले घटेको छ भने डिजेलको मूल्य ८.१३ पैसा घटेको छ । भारतीय आयल कर्पोरेशनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची सार्वजनिक गर्दै आएको...
अवैध रूपमा चन्दा असुली गर्ने २ जना पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न विद्यालय, कलेज, कम्पनी, व्यापारी, उद्योग, कलकारखाना, वैक्वेट लगायतबाट अवैध रूपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई काठमाडौं लैनचौरबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी नगरपालिका–३ घर भई ललितपुर चाँगाथली बस्ने ४२ वर्षीय अमृत कार्की र सल्यान वागचौर नगरपालिका–६ घर भई काठमाडौं जोरपाटी...










