समाचार
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो १ हजार १०३ नमूनामध्ये ३८४ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा कोरोना संक्रमण स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, कोरोनाको...
शेयर बजारमा सामान्य अंकको सुधार
काठमाडौं । लगातार गिरावट आएकोे शेयर बजारमा आज झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ६४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
विपद् व्यवस्थापनका लागि सरकार गम्भीर बन्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल
सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । सिन्धुपाल्चोक जिल्लाको विपद् व्यवस्थापन समितिको आयोजनामा भएको विपद् व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले भैपरी आउने सबै खाले विपद्का घटनामा प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताए । उनले बर्षा...
पूर्व गृहमन्त्री खाँणको बयान आजै सक्ने तयारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान हाल जारी छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनको बयान भइरहेको हो । सरकारी वकिलको कार्यालयले सोमबार पनि खाँणको बयान लिएको थियो । तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाँणले बयान गर्न नसक्ने भनेपछि बयान...
बागमती प्रदेश : दोस्रो प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेबाट
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यही जेठ ७ गतेबाट दोस्रो प्रदेश खेलकुद प्रतियोगिता सुरु हुने भएको छ । खेलकुद विकास परिषदले मंगलबार प्रदेशको सामाजिक विकास मन्त्रालयको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल...
नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज साँझ ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते सार्वजनिक हुने सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ...
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन जना केन्द्रीय अध्यक्ष कारबाहीमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्रीय अध्यक्षलाई कारबाही गरेको छ । बैशाख २९ र ३१ गते गते संचालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्रीय अध्यक्षलाई कारबाही गरेको बोर्डले जनाएको छ । बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएर...
सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते
काठमाडौं । सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम यही जेठ ५ गते सार्वजनिक गर्ने भएको छ । मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीचको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जेठ ५ मा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेको जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्ड र सभामुख...
टोपबहादुर रायमाझीको बयान सकियो
काठमाडौं । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ । नक्कली भुटानी शरणार्थी प्ररकणमा गत बैशाख ३१ गते आईतबार पक्राउ परेका रायमाझीको सरकारी वकिलको कार्यालयमा सकिएको हो । जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरिएसँगै सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान...
ए डिभिजन लिग अन्तरगत आज तीन खेल हुँदै
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान ललितपुरमा हुनेछ । अखिल नेपाल फुटवल संघ (एन्फा) का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई बिभागीय टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो मैदानमा...










