समाचार

बागमती प्रदेश : नीति तथा कार्यक्रम ल्याउन एमालेको सुझाव

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आफ्ना सुझावहरु समेटेर मात्र आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न सुझाव दिएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा आफुले दिएको सुझावहरुलाई जोड दिनका लागि आग्रह गरिएको एमाले बागमती...

युवा वैज्ञानिक प्रोत्साहन कोष संचालन गर्न प्रदेश सरकारले कोष निमार्ण गर्ने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवा वैज्ञानिक प्रोत्साहन कोष संचालनका लागि गर्न प्रदेश सरकारले कोष निमार्ण गर्ने बताएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले बिहीबार कोषद्धारा सञ्चालित पाँच वटा आयोजनाको उपलब्धी सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले कोष अहिले कार्यविधिमा रहेर संचालन भइरहेको र प्रदेश सरकारले...

जेष्ठ १६ सम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार, सचिवस्तरीय निर्णयबाट जेष्ठ ११ (बिहीबार) देखि १६ जेष्ठ गतेसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले जेष्ठ १५ मा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट संघीय...

वैदेशिक रोजगारीमा जाने नेपालीबाट ७५ करोडको ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढ्दै गइरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानूनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेण्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरेको...

बागमती प्रदेश खेलकुद : सोहन र पेमा उत्कृष्ट बक्सर

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको बक्सर प्रतियोगितामा मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौंडास्थित हेटौंडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी...

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको काठमाडौं, बारा, बाँके र मकवानपुर गरी चार छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागूऔषध गाँजा ५०० ग्रामसहित प्रहरीले बुधबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं...

प्रदेश खेलकुल प्रतियोगिताः भलिबलमा काठमाडौं र चितवनलाई स्वर्ण

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको भलिबल प्रतियोगितामा काठमाडौं र चितवनले स्वर्ण जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् । काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ ले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७,...

सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । देशको प्युठान, जुम्ला, भक्तपुर, बारा र ताप्लेजुङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्युठानको गौमुखी गाउँपालिका–५ खुङ छहरेखोला भन्ने स्थानमा लु.४ त १२२५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित...

बागमती प्रदेश सभा : विनियोजित विधेयकमाथिको छलफल सकियो

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमाथिको छलफल सकिएको छ । जेष्ठ ९ गते बसेको प्रदेश सभामा सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले प्रस्तुत गरेको उक्त विधेयकमाथि छलफल आज बिहीबार सकिएको हो । सो विधेयकमाथि तीन...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेष्ठ १४ गते सार्वजनिक हुने

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेष्ठ १४ गते सार्वजनिक हुने भएको छ । प्रदेश सभाको जेष्ठ १४ गते अपराह्न २ बजे बस्ने बैठकमा सरकारको तर्फबाट बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको सभामुख...