समाचार

मकवानपुरमा सवारी दुर्घटना, एक घाइते

मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा आज बिहान सवारी दुर्घटना भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा मोटरसाइकल र बकैया गाउँपालिका वडा नम्वर ५ स्थित ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान १२ः४५ बजेको समयमा हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविको अगाडि पुर्व–पश्चिम सडकखण्डमा...

लागूऔषधसहित तीन जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध अफिम २ किलो ९०० ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ५६ वर्षीय जयबहादुर मुक्तान, बाराको निजगढ नगरपालिका–१२ बस्ने २४ वर्षीय बिस्णुलाल थिङ, मकवानपुरको बकैया गाउँपालिका–६, बस्ने...

रेशम चौधरीविरुद्धको मुद्दामा आज पनि बहस हुने

काठमाडौं । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज पनि बहस हुने भएको छ । यो मुद्दा सोमबार हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो ।...

मेडिकल कलेजको बस दुर्घटना हुँदा ६ जना घाइते

बैतडी । बैतडीमा नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । नेपालगंजबाट दार्चुलातर्फ स्वास्थ्य शिविरका लागि आउँदै गरेको भे १ क ३१८ नम्बरको कलेजको बस सोमबार राति १० बजे दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका–८ को अनारखोलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्...

आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन् । प्रतिनिधि सभा अन्तर्गत रहेका १० वटा विषयगत समितिको बैठक सुरु हुने भएको हो । गठन भएका सबै समितिको पहिलो बैठक बिहान ९ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा सुरु भएको ५...

आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा...

पूर्व गृहमन्त्री खाँणको बयान आज पनि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज पनि हुँदैछ । गत बिहीबार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवम् महान्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी...

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ । यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेस गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेस गरेको सांगाठानिक...

रोमानिया पठाइदिन्छु भनी १८ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।...

अवैध लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, बाँके, मोरङ र कैलाली गरी चार छुट्टाछुट्टै स्थानबाट ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाको गुलरिया नगरपालिका–९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ...