जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा दुई जनाको भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर मृत्यु भएका दुबै जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सडकबाट झण्डै ४०० मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बुझिएको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।