मकवानपुरका तामाङ प्रहरीको नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित बुधबार राति एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार राति साढे ११ बजेको समयमा जिल्लाको थाहानगरपालिका वडा नम्वर २, फेदिगाउँ बस्ने ५५ वर्षीय सुर्य तामाङलाई नियन्त्रणमा लिएको हो ।
तामाङलाई विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय पालुङको टोलीले अवैध गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले उनको घर खानतलास गर्दा लुकाईछिपाई राखेको १८ (अठार) वटा साना–साना पोकामा गाँजाको धुलो फेला परेपछि निजलाई नियन्त्रणमा लिएको र बरामद गाँजाको तौल गर्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।