नेप्से आज बिहीबार बन्द हुने

तु खबर संवाददाता
२०८० जेष्ठ ११,बिहीबार ०९:०५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ । आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८७ करोडमाथिको कारोबार भएको थियो ।