बागमती प्रदेश सभा बैठक सुरु

तु खबर संवाददाता
२०८० जेष्ठ ११,बिहीबार ०८:३९

मकवानपुर । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । बिहान ८ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी सुरु भएको हो ।

आज बस्ने बैठकमा पनि विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफाबार छलफल हुनेछ । यसअघि बुधबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले सुझाव प्रस्तुत गरेका थिए ।

उक्त विधेयक मंगलबारको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले प्रदेश सरकारको तर्फबाट दफावार छलफल गरियोस् भनी प्रस्ताव टेबुल गरेका थिए ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २८, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेश सभाका सदस्यहरु रहेका छन् ।