रुकुम पश्चिम दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो

तु खबर संवाददाता
२०८० जेष्ठ ११,बिहीबार १०:३३

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा आज बिहान भएको जिप दुर्घटना परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।