यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार ०८:२९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस्तै, मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार, देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।