एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिने
तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार ०९:५६
काठमाडौं । नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरूलाई अनुशिक्षण दिँदैछ ।
एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई दिने अनुशिक्षण दिन लागेको हो । अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यसूची रहेको छ ।