आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको जवाफ दिने

तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार ०८:१९
file photo

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले जवाफ दिनुअघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ–आफनो धारणा राख्नेछन् । प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

उक्त नीति तथा कार्यक्रम सरकारको तर्फबाट राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गरेका थिए ।