मकवानपुरका वाईबा पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार ०८:५६

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा संलग्न भई फरार रहेका एक जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर साविक सरीखेत गा.बि.स. वडा नं.१ बस्ने ईमान सिं वाईबा रहेका छन् ।

मकवानपुरका प्रमुख नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, वाईबा २५ वर्षपछि पक्राउ परेका हुन् । गत २०५५ साल असार ३१ गते बिहान ४ः१० बजेको समयमा मकवानपुरको साविक मनहरी गाबिस.वडा नं.८ खरंगास्थित राप्ती खोलाको छेउमा ४१ वटा बोरामा १ हजार ५ किलो लागूऔषध गाँजा बरामद भएको थियो ।

प्रहरीले सोही लागूऔषध कारोबारमा संलग्न रहेको व्यक्तिहरुको खोजी गर्ने क्रममा प्रतिवादीहरुमध्ये वाईबालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

वाईबालाई मनहरी गाउँपालिका वडा नं.७ स्थित मनहरी बजारबाट पक्राउ गरी बिहीबार मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।