प्रदेश खेलकुद : पुरुष फुटबलको फाइनलमा मकवानपुर

तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार ०९:४४

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा मकवानपुर फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनल खेलमा काभ्रेलाई ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।

सहज जितसँगै मकवानपुरले फाइनल खेल काठमाडौंसँग खेल्नेछन् । बिहीबार नै भएको पहिलो सेमीफाइनल खेलमा ललितपुरलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौं फाइनल प्रवेश गरेको थियो ।

पुरुष फुटबलको फाइनल खेल शनिबार पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।