सुरक्षित आप्रवासन परियोजनाद्वारा पत्रकारहरुसंग अन्तरक्रिया
मकवानपुर । सुरक्षित आप्रवासन (सामी) परियोजनाले शुक्रबार पत्रकारसँग अन्तरक्रिया गरेको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया गरिएको हो ।
सामी परियोजनाले मकवानपुरको चार स्थानीय तह हेटौंडा, थाहा, बकैया र मनहरीमा गरेको कामहरुको प्रगति विवरण प्रस्तुत गरिएको थियो । वैदेशिक रोजगारका १३३ वटा केसहरु दर्ता भएको परियोजनाका कार्यक्रम संयोजक अन्जिता थापामगरले बताइन् । ठगीका केसहरु बढी आएको बताउँदै मलेसियाका २१ प्रतिशत, दुवईका २१ प्रतिशत र साउदीका २१ प्रतिशत केशहरु आएको उनले बताइन् ।
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सहजिकरण गरिनुका साथै परियोजनाले उक्त परिवारहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत गरिएको कार्यक्रम संयोजक थापामगरले बताइन् । मकवानपुरमा चार सय जनालाई साक्षरता दिइएको बताइन् ।
कार्यक्रममा उपमहागरका सुरक्षित आप्रवासनको फोकल पर्सन एंव सामाजिक विकास महाशाखा भीमप्रसाद तिमल्सिना, सुचना प्रविधि शाखाका प्रमुख भानुभक्त थपलिया, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालालगायतको आतिथ्यता रहेको थियो ।
