पशुपतिनाथ माविमा इसीडी शिक्षकलाई तालिम
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको पशुपतिनाथ माविमा शिशुकक्षा शिक्षण गर्ने शिक्षकलाई तालिम दिन सुरु गरिएको छ ।
विकासका लागि सहयोग र सहकार्य (हेल्कोड) नेपालको आयोजनामा पशुपतिनाथ मावि, सृजना प्रावि, चेपाङ प्रावि, नवज्योति प्राविका ईसीडी शिक्षकहरुलाई ५ दिने तालिम सुरु गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यको सभाध्यक्षता र हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठक, कार्यक्रम संयोजक ईन्द्रप्रसाद पाण्डे, फिल्ड कर्मचारी विकास चेपाङले सहजीकरण गरिरहेका छन् ।
हेल्पकोड नेपालले मनहरी–४ र ३ का ४ वटा विद्यालयका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग गरिरहेको छ ।
