आज चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ ।
शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका तराईका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ । यस्तै, राती कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
