समाचार
आज पनि देशका पहाडी भू–भागमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।...
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने
काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । प्रतिनिधि सभाको आजको बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको...
कांग्रेसको हात्तिसुँढेमा कार्यकर्ता भेला तथा अन्तरक्रिया
मकवानपुर । नेपाली कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क) को आयोजनामा बिहीबार हात्तिसुँढेमा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रम अन्तरगत कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को (क) को भेला भएको हो ।...
हेटौंडामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार स्थानीय सरकार, सरोकारवालाहरु र समुदायमा यौन स्वास्थ्य, यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रम फ्रेण्डस हेटौंडाको आयोजना तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयको सहयोगमा भएको हो । सो क्रममा बोल्दै मन्त्रालयका उप–सचिव गोपाल प्रसाद कंडेलले सबैमा सामाजिक सुरक्षाको...
बोर्डलाई दिनुपर्ने रकम प्रणाली हटाइदिन मुख्यमन्त्रीको आग्रह
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लोक कल्याणकारी विज्ञापन बापत मिडियाले बोर्डलाई दिनुपर्ने ३ प्रतिशत रकम प्रणाली हटाइदिन आग्रह गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले बिहीबार हेटौंडामा नेपाल सरकार विज्ञापन बोर्डको आयोजनामा भएको विज्ञापन नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो आग्रह गरेका हुन् । बोर्ड सम्बन्धी कानून नियम नभएकोले...
जसपाद्वारा लेखापरीक्षण प्रतिवेदनबारे आयोगलाई जानकारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजननिक गरिएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । केही दिनअघि निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको विषय सात दिनभित्र आयोगलाई जानकारी गराउन भनेको थियो । सोहीअनुसार जसपाले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको वेवसाइट र...
विपद्को मूख्य कारण डोजरे विकास संस्कृति हो : मन्त्री श्रेष्ठ
चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले विपद्को मुख्य कारण डोजरे विकास संस्कृति रहेको बताएका छन् । मन्त्री श्रेष्ठले बिहीबार चितवनको नारायणी तिरमा आयोजना गरिएको जल उद्दार संयुक्त अभ्यास कार्यक्रममा बोल्दै विपद्को मुख्य कारण प्रकृतिलाई घाउ लगाएर डोजरे विकास संस्कृति रहेको बताएका हुन् ।...
हेटौंडाका घलानको खोलामा डुबेर मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, बस्तिपुर बस्ने बिरबहादुर घलानको बिहीबार खोलामा डुबेर मृत्यु भएको छ । ५० वर्षीय घलानको बिहीबार बिहान साढे ११ बजेको समयमा हेटौंडा–१२, चकरी खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक...
दुर्घटनामा परेर हेटौंडाकी प्रजा घाइते
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपलस्थित बिहीबार दिउँसो ट्रकले ठक्कर दिँदा एक जना घाइते भएकी छिन् । घाइते हुनेमा हेटौंडा–१५, सहितपुर बस्ने ५६ वर्षीया सन्तमाया प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक...
राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि ३ दिन छलफल हुने
काठमाडौं । राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नीति तथा कार्यक्रममाथि जेठ ७,८ र ९ गते छलफल गर्ने र ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)...










