बागमती प्रदेश खेलकुद : फुटबलको उपाधि मकवानपुरलाई

तु खबर संवाददाता
२०८० जेष्ठ १४,आईतवार ०९:०४

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुदको अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले हात पारेको छ ।

हेटौंडोको पिप्ले क्याम्पा रंगशालामा शनिबार सम्पन्न भएको फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटतर्पm धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित रच्यो । दुवै तर्फबाट पहिलो पेनाल्टी प्रहार सफल हुन सकेन ।

मकवानपुरका निर्मल बल र काठमाडौंका खेमराज तामाङको प्रहार गोलमाथि परिणत हुन सकेन । तर, मकवानपुरले त्यसपछिको प्रहारमा गोल गर्दा काठमाडौंको ३ प्रहार मात्र गोलमा परिणत भयो ।

मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रीतम स्याङ्बोले गोल गरे । काठमाडौंका लागि वाङ गुरुङ, कब्बु कन्दवा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो । तर, चौथो पेनाल्टी प्रहार गर्न आएका काठमाडौंका विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले उपाधि हात पार्यो । चितवनका कप्तान प्रितम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित भए ।