प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

तु खबर संवाददाता
२०८० जेष्ठ १४,आईतवार १०:०९
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपषिदको आकस्मिक बैठक आह्वान गरेका छन् । बैठक आइतबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विशेष गरी प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसदमा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइल अघि बढाएको छ ।