नेपालबाट ३९ करोड ९९ लाखको यार्सागुम्बा निर्यात

तु खबर संवाददाता
२०८० जेष्ठ १३,शनिबार १४:४१
file-photo

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को यस अवधिमा नेपालबाट ३९ करोड रुपैयाँभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको छ । आवको गत साउन महिनादेखि बैशाख महिनासम्मको अवधिमा नेपालबाट ३९ करोड ९९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार, यस अवधिमा नेपालबाट ६१७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट सबैभन्दा धेरै हङकङमा १८ करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ भने कम्बोडियामा १२ करोड २७ लाख रुपैयाँको निर्यात भएको छ ।

भियतनाममा ४ करोड ४३ लाख, अमेरिकामा १ करोड १४ लाख, सिंगापुरमा १ करोड ३१ लाख र मलेसियामा ८० लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको तथ्यांक छ । यसबाहेक, चीन, फ्रान्स, जर्मनी र इटालीमा समेत यार्सागुम्बा निर्यात हुने गरेको छ ।