विद्युतीय सवारीसाधनको प्रयोगकलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको घोषणा

तु खबर संवाददाता
२०८० जेष्ठ १४,आईतवार १७:४५

मकवानपुर । बागमती प्रदेश सरकारले विद्युतीय सवारीसाधनको प्रयोगकलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सो कुराको जानकारी गराएका हुन् ।

सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका उनले पेटोलियम पदार्थमा रहेको अत्याधिक निर्भरता कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगकलाई प्रोत्साहन गरिने भएको बताए । साथै उनले इन्धनबााट संचालन हुने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने कार्यलाई प्रोत्साहन गर्न नीतिगत व्यवस्था मिलाइने बताए ।

यस्तै, प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्य र समन्वयमा सवारी चालक अनुमतिपत्र (लाइसेनस) लाई थप थप व्यवस्थित बनाउँदै ट्रायल सेन्टरहरुमा क्रमशः स्वचालित प्रणाली लागू गरिने, सार्वजनिक यातायातलाई भरपर्दो अर्थात सुरक्षित बनाउँदै विद्युतीय भुक्तानी प्रणाली लागू गरिने र स्मार्ट कार्ड छपाई तथा वितरण प्रदेशबाटै हुने व्यवस्था मिलाइने भएको छ ।