‘गृहणी महिलासँग प्रदेश सरकार’ कार्यक्रमको घोषणा

मकवानपुर । बागमती प्रदेश सरकारले ‘गृहणी महिलासँग प्रदेश सरकार’ कार्यक्रम संचालनको घोषणा गरेको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो घोषणा गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले ‘गृहणी महिलासँग प्रदेश सरकार’ भन्ने मूल नाराका साथ गृहणीहरुलाई सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम संचालन गरिने जानकारी गराए ।
गसैगरी, प्रदेश सरकारले लैङ्गिक हिंसाबाट प्रभावितहरुको लागि उद्दार, राहत, मनोसामाजिक परामर्श र पुर्नस्थापन सम्बन्धी सामाजिक सुरक्षाको विशेष कार्यक्रम संचालन गरिने भएको उनले बताए ।