बन्द रहेको काठमाडौं–हेटौंडा रोपवेलाई पुर्णनिर्माण गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी बन्द रहेको काठमाडौं–हेटौंडा रज्जुमार्ग (रोपवे) लाई पुर्णनिर्माण गरिने भएको छ ।
आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो बताएका हुन् ।
प्रदेश प्रमुख शर्माले बन्द रहेको काठमाडौं–हेटौंडा रज्जुमार्ग (रोपवे) लाई यात्रु तथा मालसामान ओसारपोसार गर्ने गरी पुर्णनिर्माण गरिने भएको उनले बताए ।