‘मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम’ लाई थप विस्तार गरिने

तु खबर संवाददाता
२०८० जेष्ठ १४, आईतवार १५:३०

हेटौंडा । बागमती प्रदेश सरकारले ‘मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम’लाई थप विस्तार गरेर समुदायमाझ लैजाने भएको छ ।

आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सो विषयमा जानकारी गराएका हुन् ।