बागमती प्रदेश सभाको अर्को बैठक जेष्ठ १७ गते बस्ने

तु खबर संवाददाता
२०८० जेष्ठ १४,आईतवार १८:५४
file-photo

मकवानपुर । बागमती प्रदेश सभाको अर्को बैठक यही जेष्ठ १७ गते अपराह्न १ बजे बस्ने बस्ने भएको छ । आइतबार अपराह्न बसेको प्रदेश सभाको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सार्वजिक गरेको नीति तथा कार्यक्रमको धन्यवादको प्रस्ताव पारित भएको घोषणा गर्दै सो जानकारी गराएका हुन् ।

उक्त बैठकमा प्रदेश सभाका सदस्य रत्नप्रसाद ढकालले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको भनि प्रदेश प्रमुख शर्मालाई धन्यवादको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त धन्यवाद प्रस्तावको प्रदेश सभाका सदस्य मधुसुदन प्रसाद पौडेलले समर्थन गरेका थिए ।

सोही बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको आगामी आवको नीति तथा कार्यक्रमप्रति टेबुल गरेका थिए ।

बागमती प्रदेश सभाको आगामी जेष्ठ १७ गते बस्ने बैठकमा आज सार्वजनिक भएको नीति तथा कार्यक्रममाथि दफाबार छलफल हुने सभामुख पाठकले बताए ।