आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० जेष्ठ १५,सोमबार ०८:३०
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य भ–ूभागमा आंशिक बदली रहनेछ ।

यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ–गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, भोलि मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भ–ूभागमा सामान्य बदली र देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।