विद्यालयका छात्रालाई स्यानीटरी प्याडका लागि १ अर्ब ४२ करोड

तु खबर संवाददाता
२०८० जेष्ठ १५, सोमबार १८:०५
file-photo

काठमाडौँ । सरकारले विद्यालय तहका छात्रामा लागि निःशुल्क स्यानीटरी प्याडको व्यवस्था गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले यसका लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिए ।

सरकारले अबको जीवन स्वदेशमै अभियान सञ्चालन गर्ने भएको अर्थमन्त्री महतले बताए । अर्थमन्त्री महतले वैदेशिक रोजगारीका लागि जाने क्रम कम गर्दै स्वदेशमै काम गर्ने वातावरण सिर्जना गरिने बताए ।