प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट
काठमाडौंं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो घोषणा गरेका हुन् ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिए ।
सरकारले अबको जीवन स्वदेशमै अभियान सञ्चालन गर्ने भएको अर्थमन्त्री महतले बताए । अर्थमन्त्री महतले वैदेशिक रोजगारीका लागि जाने क्रम कम गर्दै स्वदेशमै काम गर्ने वातावरण सिर्जना गरिने बताए ।
