वन मन्त्रालयको बजेट १५ अर्ब

तु खबर संवाददाता
२०८० जेष्ठ १५, सोमबार १८:२९
file-photo

काठमाडौं । आगामी आर्थिक वर्ष वन तथा वातावरण मन्त्रालयका लागि कुल बजेट १५ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८२ को लागि वजेट घोषणा गर्दै वन मन्त्रालयका लागि १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको जानकारी दिए । चालू आर्थिक वर्षमा १३ अर्ब मात्रै बजेट नियोजन गरिएको थियो ।